झापा सुरुङ्गाकी इन्दिरा संग्रौलासँग मुकुन्द घिमिरेको बिहे पक्का।

काठमाडौं:=सामाजिक सञ्जालका चर्चित पात्र मुकुन्द घिमिरेको इन्गेजमेन्ट भएको छ । उनको झापा सुरुङ्गाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट भएको हो ।

मुकुन्दे नामले चर्चित घिमिरेले इन्दिरा संग्रौलासँग इनगेजमेन्टको तस्बिर सार्वजनिक गरेका छन् । झापा सुरुङ्गाकि इन्दिरा केही बर्ष पहिले त्रिभुवन बिश्व विद्यालय किर्तिपुरमा स्नातकोत्तर तह पढ्थिन भने उनले सुरुङा क्याम्पसमा ब्याच्लर गरेकी हुन् ।

शनिबार मुकुन्दले सरप्राइज इनगेजमेन्ट गरेको उल्लेख गरेका छन् । उनले २७ गते मंसिरको लगनमा शुभविवाह तय भएको उल्लेख गरेका छन् । उनले पछिल्लो समय इन्दिरा आऊ भन्दै बेला बेलामा ट्वीट गर्दै आएका थिए ।

उनले राजनीतिक र सामाजिक क्षेत्रमा तीखो व्यङ्ग्य गर्दै आएका छन् । कुनै बेला रत्नपार्कको पिपलको रुखमा चढेर भाषण गर्ने उनी पछिल्लो समय सामाजिक सञ्जालमा खुबै चर्चामा छन् ।

आम मानिसभन्दा आफू फरक रहेको बताउने उनी मुकुन्दल्याण्डको उद्घोष गर्दै आएका छन् । उनको सामाजिक सञ्जालमा लाखौं फलोअर छन् ।