गएको दशैँकै दिन मलेसियामा ज्यान गुमाएका स्व. राईको परिवारलाई आर्थिक सहयोग प्रदान।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= मलेसियामा काम गर्दै आएका तर आजभन्दा डेढ महिना अगाडि ज्यान गुमाएका नेपाली श्रमिक स्वर्गीय धिरज राईको शव नेपाल पठाइ अन्तिम दाहसंस्कार सम्पन्न गरिनुको साथै आर्थिक सहयोग रकम समेत प्रदान गरिएको छ।

मृतक २७ बर्षिय श्रमिक धिरज राई मलेसियाको राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित दाउरे कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत रहदै आएका थिए।

जानकारी अनुसार आजभन्दा डेढ महिना अगाडि नेपालीको चाडपर्व बडा दशैँको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका बेला खानपिन गरिसके पश्चात् होस गुमाएर बिल्डिङको माथिल्लो तल्लाबाट खसेर धिरज राईको मृत्यु भएको थियो।

सोहि मृतक स्वर्गीय राईको मृत शव नेपाल फर्काउन र मृतकको परिवारलाई थोरै भएनी राहत सहयोग पुगोस् भन्ने हेतुले आर्थिक संकलन अभियान सञ्चालन गरि मलेसियन रिंगेट जम्मा आरएम ११ हजार १५५ रिंगेट रकम संकलन भएको थियो।

सो आर्थिक रकम दाउरे श्रमिक एकता समाज समिती र दाउरे रेष्टुरेन्टको मलेसियामा रहेका विभिन्न ठाउँको शाखाहरुमा कार्यरत नेपाली श्रमिक लगायत स्थानीय मेलायु , चाइनिज साथीहरु र कोरियन साथीहरुको बाट सहयोग प्राप्त भैई आर्थिक सङ्कलन गरिएको रकम मृतक राईको परिवारलाई प्रदान गरिएको समाजसेवी अगुवा राजु तामाङले जानकारी दिनुभयो।

उहाँका अनुसार निज मृतक राईले मलेसियामै कार्यरत आफ्नै साथी,भाइहरुबाट आर्थिक रकम ऋण,सापटीमा लिई चलाएका थिए । मृतक राईलाई सापटी रकम दिइएकाहरुले नमानेपछि संकलन भएको रकमबाट निजले तिर्न बाँकी रहेको ऋण तिरिदिएर बाँकी बचेको आरएम ५ हजार ६ सय मलेसियन रिंगेट , नेपाली रु. १ लाख ५६ हजार ५३७ रुपैयाँ निजको आफन्त जित बहादुर राईको नाममा बैंकिङ गरिदिएर सहयोग गरेको जानकारी दिनुभएको छ।

स्वर्गीय धिरज राईको परिवारको निम्ति आर्थिक सहयोग गर्नेहरूको नमावली हेर्नुहोस् :