एमालेको १०औं महाधिवेशनको बन्द शत्र सुरु।

चितवन:= नेकपा एमालेको १०औं महाधिवेशनको बन्द शत्र सुरु भएको छ । चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र सुरु हुने हलमा अध्यक्ष केपी शर्मा ओली पुगेसँगै कार्यक्रम सुरु भएको हो ।

बन्द शत्रको उद्घाटन सत्रमा महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरुले र अध्यक्ष ओलीलेसमेत सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनको बन्दशत्रले एमाले केन्द्रीय कमिटीको बैठकले शुक्रबार साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने कार्यक्रम रहेको छ । आज नै उम्मेदवारी मनोनयनको कार्यक्रम पनि कार्यसूचीमा रहेको छ ।