काठमाडौं:= कोरोना कहरका कारण प्रदर्शनका लागि सहज बाटो हेरेर बसेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ को निर्माण टिमले प्रदर्शन मिति तोकेको छ । चलचित्र अब आउँदो फागुन १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
‘प्रेमगीत ३’ दुई वर्षअघि चैत २८ लाई प्रदर्शन मिति तय गरेर पनि प्रदर्शन हुन पाएको थिएन । चलचित्रका निर्देशक तथा निर्माता सन्तोष सेनले दर्शकका लागि एउटा चुनौती बोकेर चलचित्र रिलिज गर्न लागेको बताउनु भएको छ । चलचित्रमा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापालगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गर्नुभएको हो ।
प्रेमगीतका यसअघिका दुईवटै सिरिज सुपरहिट भएका थिए । ‘प्रेमगीत ३’का लागि दर्शकको पखाई छ । किनकी यस चलचित्र स्टोरी र मेकिङका कारण चर्चामा छ । चलचित्र हिन्दीसँगै तेलेगु भाषामा पनि डबिङ गरिएको छ । चलचित्र भारतमा पनि प्रदर्शन गर्नेगरी हल राइट्स बिक्री भइसकेको छ ।



















