साउदीमा एक नेपाली श्रमिकको बिचल्ली, उद्घार गरिदिन आग्रह।

[ बिबश रसाईली ] 

दमाम (साउदी):= वैदेशिक रोजगारीको लागी साउदी अरब पुगेका एक नेपाली युवाको बिचल्ली भएको छ । ड्राईभिंग भिषामा साउदी पुगेका पोखराका केशव रुचाल सम्झौता अनुसारको काम नपाएर मरुभुमीमा भेडा चराउने काममा परेपछि उनको बिचल्ली भएको छ ।

बिगत उनी ११ महिना अघि गल्फ ओभासिज बाट डाइभिङ्ग काम भनी साउदी गएका थिए ।केसब रुचाल साउदी गए पछि डाईभिङ्ग काम नपाए पछी साउदीको मरभुमीमा अहिले भेडा चराउन बाध्यभएको बताउछ्न।

साउदी मरुभुमीको ठाउँमा निकै कष्टकर पोख्दै उनले आफुलाई नेपाल झिकाईदिन साउदी स्थिति नेपाल दूतावास , तथा साउदी मा रहेको संघ संस्थालाई आग्रह गरेका छन् । आफुलाई धिमाल गुरुङ भन्ने मान्छले गल्फ ओभरसिज मार्फत साउदी पठाएको उनको भनाई छ ।

सामाजिक संजालमा उनले पोष्ट गरेका तस्विर र भिडियोका अनुसार उनि साउदीको निर्जन मरुभुमीमा जिबन विताईरहेको बताए । आफु साउदी ईरान बोर्डर नजिक रहेको उनले बताएकाछन् ।

केशब रुचालको घरमा ७५ वर्षिया वृद्धा आमा र एकजना अपांग दिदि रहेको र उनको श्रीमती आफु साउदी आएको ८ महिना पछी अर्कै पुरुष संग पोईला गएको उनले बताए ।

उनी एक संगितकार हु भनी बताए ।गायक समेत रहेका रुचाल म्युजिक भिडियो बनाउँदा ऋणमा डुबेपछि खाडीमुलुक आएका थिए । उनले आफ्नो वाटसप नम्बर दिदै साउदी नेपाली दूतावास तथा साउदीमा रहेको संघ संस्थालाइ स्वदेस फर्काईदिन समेत आग्रह गरेका छ्न्।
ह्वाट्सएप नम्बर +966-502158978
सिधा सम्पर्कको लागि +966502158978