तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल मंसिर ८ गते बुधबार, मार्र्ग कृष्णपक्ष, पञ्चमी तिथि २३ः०७ बजे उप्रान्त षष्ठी तिथि, सूर्याेदय : ६ः३३, सूर्यास्त : १७ः०७, तारिखः २४ नोभेम्बर, पास्नी र रुद्री गर्नका लागि शुभ साइत ।

मेष : व्यापारिक क्षेत्रमा देखिएको मन्दी निवारण भएर जानेछ ।

वृष : लामो समयदेखि भेटघाट नभएको प्रिय व्यक्तिसँग भेट हुनेछ ।

मिथुन : थोरै परिश्रमबाटै अनपेक्षित परिणाम हात लाग्नेछ ।

कर्कट : कार्यबोझ थपिँदा शरीरमा थकान महसुस हुनेछ ।

सिंह : विलासिताका वस्तु खरिद गर्नमा मन जानेछ ।

कन्या : जिद्दीपन र अहंकारलाई त्यागेर अघि बढ्नु राम्रो हुनेछ ।

तुला : लामो समयदेखि रोकिएको कार्य पूरा हुनेछ ।

वृश्चिक : विश्वास गरेको व्यक्तिबाटै ठूलो धोका हुनेछ ।

धनु : शत्रुको कारण इष्टकार्यमा व्यवधान उत्पन्न हुनेछ ।

मकर : लामो दूरीको यात्राले मन प्रशन्न हुनेछ ।

कुम्भ : पारिवारिक समस्या हल भएर जानेछन् ।

मीन : कृषिजन्य लगानीबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।