नेपाल-बंगलादेश पर्यटन प्रवद्र्धनमा जोड।

काठमाडौं:= पाटा नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरसँगको सहकार्यमा १६ देखि २१ नोभेम्बरसम्म ‘नेपाल–बंगलादेश पर्यटन प्रवद्र्धन र बीटुबी एक्सचेन्ज’ कार्यक्रम आयोजना गरेको छ ।

कोरोनापश्चात् पर्यटन पुनरुत्थानका लागि आवश्यक पहलका रूपमा दुई छिमेकीबीचको आन्तरिक र बाहृय पर्यटनलाई आपसी गठबन्धन र सहयोगको माध्यमबाट एकअर्काका गन्तव्यहरू प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पाटा नेपाल च्याप्टरले जनाएको छ ।

पाटा नेपालले  आफ्ना सदस्य र साझेदार संस्थाहरूको सहयोगमा बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक र सचिव, पाटा बंगलादेशका अध्यक्ष र महासचिव, १० टुर अपरेटर, दुई सञ्चारकर्मी  र पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टरका दुई विद्यार्थीसहित १७ सदस्यीय बंगलादेशी प्रतिनिधिमण्डललाई नेपाल आमन्त्रण गरेको हो ।

कार्यक्रमअन्तर्गत १७ देखि १९ नोभेम्बरसम्म बंगलादेशी प्रतिनिधिका लागि आयोजित पोखराको परिचयात्मक भ्रमणका क्रममा १८ नोभेम्बरमा  होटल बाराहीमा  पोखरा पर्यटन परिषद् र पर्यटन बोर्ड पोखराको सहकार्यमा ७० भन्दा बढी टुर अपरेटर र सेवा प्रदायकको उत्साहजनक सहभागितासहित पर्यटन नेटवर्किङ र अन्तक्र्रिया सत्रसमेत आयोजना गरिएको थियो ।

सो अवसरमा पाटा नेपालका अध्यक्ष विभूति चन्द ठाकुरले पर्यटन पुनरुत्थान कार्ययोजनाका रूपमा तत्काल ‘क्षेत्रीय यात्रा’ लाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान परिपे्रक्ष्यमा सोही नै पर्यटक र गन्तव्य व्यवस्थापन संस्था वा सेवा प्रदायकका लागि समेत सबैभन्दा उपयुक्त बाटो भएको उहाँको भनाइ थियो ।

ठाकुरले लामो दुरीको यात्रा रिकभर हुन अलि बढी समय लाग्ने भएकाले सडक वा छोटो दुरीको उडानबाट पुग्न सकिने नजिकका गन्तव्यलाई पर्यटन पुनः सुचारू एवं पुनरुत्थान गर्न बढी अवसर रहेको भन्दै नेपाल–बंगलादेश एक घण्टाभन्दा कम उडान समयले नजिक भएकाले सहकार्यमार्फत् दुई देशबीचको पारस्परिक आन्तरिक तथा बाहृय पर्यटनको व्यावसायिक सम्भावनालाई सुदृढ गर्न नयाँ मार्गनिर्देशन हुन सक्ने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी र बंगलादेश पर्यटन बोर्डका उपनिर्देशक तथा उपसचिव मोहम्मद सैफुल हसनले आ-आफ्नो गन्तव्यबारे जानकारी दिनुका साथै नेपाल र बंगलादेशबीचको पर्यटन आदानप्रदानका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । साथै हिमालय एयरलाइन्सको ब्रान्ड विभाग प्रमुख उज्ज्वला दलीले बंगलादेशलगायत अन्य क्षेत्रमा हिमालय एयरलाइन्स सञ्चालन योजनाबारे जानकारी गराउनुभएको थियो ।

पाटा बंगलादेशका अध्यक्ष शहीद हमिदले नेपालको न्यानो आतिथ्यताबाट आफू साह्रै मोहित एवं प्रभावित भएको भन्दै बंगलादेशी यात्रु आकर्षित गर्न नेपालमा धेरै आकर्षक पर्यटन उत्पादन तथा सेवा रहेको बताउनुभएको पाटा नेपाल च्याप्टरले जनाएको छ । उहाँले महामारीअघि वार्षिक २६ हजार बंगलादेशीलाई नेपालले स्वागत गर्ने गरेकोमा प्रभावकारी प्रवद्र्धन र मार्केटिङ पहलबाट दोब्बर पर्यटक सहजरूपमा भिœयाउन सकिने पनि उहाँले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले नेपाल र बंगलादेशमा पर्यटन फस्टाउन नेपालले आफ्ना सहयोगी मार्केटिङ र प्रवद्र्धनात्मक कार्यक्रम बढाउनुपर्ने, यात्राहरू आयोजना गर्नुपर्ने, पूर्वाधार स्तरोन्नति गर्नुपर्ने तथा बंगलादेश र नेपालका पर्यटकका लागि विस्तारित टुर प्याकेज विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले दुई देशबीचको पर्यटन सम्बन्धलाई अभिवृद्धि गर्न पर्यटन मन्त्रालयले सरकारीस्तरमा आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिनुभएको पाटा नेपालले जनाएको छ ।कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड र बंगलादेश पर्यटन बोर्डले प्रवद्र्धन गरेको थियो भने हिमालय एयरलाइन्स र बुद्ध एयर, पोखरा टुरिजम काउन्सिल, द रोयल माउन्टेन ट्राभल र द एभरेष्ट होटल, केजीएच ग्रुप अफ होटल्स, अलफ्ट, र्‍याडिसन, सिद्धार्थ होटल र द वल्र्ड इनले सहयोग गरेका थिए ।

बंगलादेश टुरिजम बोर्डले पाटा बंगलादेश च्याप्टरसँग मिलेर दुवै देशबीचको पर्यटन विकासको आपसी सम्भावनालाई थप आदानप्रदान र विस्तार गर्न पाटा नेपालमार्फत् नेपाली समकक्षीलाई चाँडै बंगलादेश भ्रमण गर्न आमन्त्रण गरेको छ ।