‘रित्तो रित्तो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक।

काठमाडौं:= अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायक रोशन अधिकारीको स्वरमा रहेको गीत ‘रित्तो रित्तो’ सार्वजनिक भएको छ । दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत तथा महाराज थापाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सार्वजनिक भिडियोमा गायक रोशनसँग अभिनेत्री पूजा शर्मा फिचर्ड हुनुहुन्छ । मुस्ताङका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पूजा र रोशनको केमेष्ट्री मिलेको छ ।भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन, मनीषा पोखरेलको सहायक निर्देशक, माधव शर्माको एशोसिएट निर्देशन र दीपेन्द्र गौतमको प्रोडक्सन छ ।