तपाईंको आजको दिन,भाग्य कस्तो रहनेछ्? हेर्नुहोस आजको राशिफल।

आज मिति २०७८ साल मंसिर २ गते बिहीबार, चतुर्दशी तिथि कात्तिक शुक्लपक्ष : सूर्याेदय : ६ः२८, सूर्यास्त : १७ः९, तारिख १८ पूर्णिमा व्रत ।

मेष ; नसोचेको ठाउँबाट धनलाभ हुन सक्नेछ ।

वृष : व्यापारको क्षेत्रमा राम्रै सफलता मिल्न सक्छ ।

मिथुन : उदरपीडाले सताउँदा मानसिक तनाव बढ्न सक्छ ।

कर्कट : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुन सक्छ ।

सिंह : साथीभाइको सहयोगले काम बन्न सक्छ ।

कन्या : मान-सम्मान पाउँदा मन हर्षित हुनेछ ।

तुला : अनावश्यक विवादका कारण मन खिन्न हुनेछ ।

वृश्चिक : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।

धनु : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग पाउन कठिन हुनेछ ।

मकर : धार्मिक कार्यमा सक्रिय सहभागिता बढ्नेछ ।

कुम्भ : पठनपाठनका क्षेत्रमा विशेष रुचि हुनेछ ।

मीन : अतिथिको सेवा गर्ने मौका मिल्न सक्छ ।