सगरमाथा म्युजिक अवार्डमा सरोज कोइरालालाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड।

काठमाडौं:= सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । साहारा एप तेस्रो सगरमाथा म्युजिक अवार्ड २०७८ संघीय राजधानी काठमाडौंको रसियन कल्चर सेन्टरमा एक विशेष समारोहबीच सम्पन्न भएको हो। ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण, प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको हो ।

गीतसंगीतका विविध विधामा अवार्ड प्रदान गरिएको समारोहमा सरोज कोइरालालाई सर्वोत्कृष्ट संगीतकारको अवार्ड प्रदान गरिएको थियो । उहाँलाई ‘क्या बात…’ गीतबाट अवार्ड प्रदान गरिएको हो ।

अवार्ड समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, ज्योति विकास बैंकका सिओओ बलदेव थापा, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापालगायत अन्य अतिथिहरूले सर्जकलाई अवार्ड प्रदान गर्नुभएको थियो । साहारा एपले मुख्य प्रायोजन गरेको अवार्डमा ज्योति विकास बैंकले सहकार्य गरेको थियो ।