रौतहटको फतुवा विजयपुर नगरभित्रका शिक्षकहरुले गरे आन्दोलन।

[ अभय दुबे ]

बारा:=  रौतहट जिल्लाको फतुहा विजयपुर नगरपालिकाभरिका सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु आन्दोलनमा उत्रिएका छ्न्।

नगरपालिका भित्र अन्तर्गतका सामुदायिक विद्यालयमा पढाउने र कार्यरत रहेका सम्पुर्ण शिक्षक,कर्मचारी लगायतको २०७८-०४-०१ देखि हालसम्मको पनि तलब निकासा नभएको , तलब नपाइएको भन्दै सामुदायिक विद्यालयमा पढाउने शिक्षक लगायतका हरु विद्यालय बन्द गरि आज सोमबारदेखि आन्दोलनमा उत्रिएको हो।

अबको दुईदिन भित्रमा आफू हरुको माग पूरा नभएमा आन्दोलनलाई सशक्त बनाउँदै लैजाने र नगरपालिकामै गएर ज्ञापनपत्र बुझाउने निर्णय लिएको आन्दोलनरत कर्मचारीहरुले बताउनुभयो।

सो नगरपालिका भरी ३२ वटा विद्यालयहरु रहेको छ, जसमध्य २२ वटा प्राथमिक ,६ वटा माध्यमिक ,४ वटा निम्न माधयमिक विद्यालय रहेको छ।

हरेक वर्ष तलब निकासा गर्नमा ढिलो गरे पछि विद्यालयमा पढने विद्यार्थीहरुलाई पठन,पाठनमा समेत समस्या आउन थालेको स्थानीयहरुको गुनासो रहेको छ। तलब लिनलाई हरेक वर्ष आन्दोलनमा उत्रिनु र शिक्षामा पनि राजनीति गर्नु भन्ने कुरा लाई लिएर स्थानिय विद्यार्थीहरू समेत आक्रोसित हुँदै गैइरहेको विद्यार्थीहरुलेनै जनाउनुभयो।

सो आन्दोलनमा मा.वि विजयपुरका प्र. अ. सुदामा राय यादव लगायत विभिन्न विद्यालयहरुको प्र. अ. हरु र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको मा. बि. दुधिअवाको शिक्षक रंजन खरेलले जनाएको छ ।