हुण्डी कारोबारमा संलग्न एकजना नगद रु. १६ लाख २० हजार ९ सय रुपैयाँ सहित पक्राउ।

काठमाडौं:= हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ वतन भएका २५ वर्षीय अमर नारायण दासलाई नगद रु. १६ लाख २० हजार ९ सय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने एक विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

उनलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको उक्त महाशाखाले जनाएको छ