काठमाडौं := नेपाली गीतसंगीत र चलचित्र क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गरिएको छ । काठमाडौंमा बिहीबार सम्पन्न विराट म्युजिक एण्ड फिल्म अवार्ड समारोहमा विभिन्न कलाकर्मी तथा प्राविधिक सम्मानित हुनुभयो ।
अधिराज्य मिडिया नेटवर्क प्रालिको आयोजनामा सम्पन्न अवार्ड समारोहमा प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, लोकप्रिय कलाकार धिरेन शाक्य, आकाश अधिकारीलगायत कलाकारले अवार्डको ट्रफीसँगै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
समारोहमा आधुनिकतर्फ उत्कृष्ट संगीतकारमा यस्तो माया बोलको गीतबाट दीपक शर्मा, यस्तै उत्कृष्ट गायिका आधुनिकतर्फबाट पर्दैन पर्दैन बोलको गीतबाट बेनिशा पौडेल, आधुनिकतर्फकै उत्कृष्ट गायकमा यस्तो माया बोलको गीतबाटै प्रताप दासले अवार्ड हात पार्नुभयो ।
यस्तै आधुनिकतर्फकै उत्कृष्ट महिला मोडलमा आँटो पिठो बोलको गीतबाट एलिजा गौतमले अवार्ड हात पार्नुभयो भने पुरुष मोडलमा काँचुली गीतबाट कमल सिंहले अवार्ड उचाल्नुभयो । यस्तै उत्कृष्ट भिडियो नवनिर्देशक विधाबाट एक्लै हुँदा परदेश गीतबाट शाहिल खान, उत्कृष्ट भिडियो सम्पादकबाट जेल पनि सहुँला गीतबाट विष्णु खड्का, उत्कृष्ट गेटअप तथा फेसन डिजाइनरबाट अमृता कँडेल खकुरेलले अवार्ड पाउनुभएको थियो ।
यस्तै उत्कृष्ट छायांकारमा त्यो तिम्रो चोखो प्रेमकोबाट पुरुषोत्तम प्रधानले अवार्ड थाप्नुभयो । यस्तै उत्कृष्ट गायक पपतर्फको अवार्ड पानी कुवाको गीतबाट अलिफ खानले उचाल्दा सोही विधाको उत्कृष्ट गायिकामा सालघारीबाट रानी शाक्यले पाउनुभयो । यस्तै उत्कृष्ट संगीतकार पपतर्फ सिरानीलाई गीतबाट ओमप्रकाश राई, उत्कृष्ट निर्देशकमा ए काली भागौं यसपाली गीतबाट दीपक आचार्य काकुले अवार्ड उचाल्नुभयो ।
उत्कृष्ट गायक लोकगीततर्फको अवार्ड नवीन पौडेलले हात पार्दा, गायिकामा लक्ष्मी आचार्यले अवार्ड उचाल्नुभयो । यस्तै भिडियो निर्देशन आधुनिकतर्फ भने विज्ञान राईले अवार्ड पाउनुभएको थियो ।
यस्तै चलचित्रतर्फको अवार्डमा उत्कृष्ट भिडियो निर्देशकतर्फ संजोग चलचित्रबाट वेदप्रसाद भुर्तेलले अवार्ड हात पार्नुभयो । यस्तै उत्कृष्ट पाश्र्व संगीतमा मत पर्छु कि क्याहोबाट राजेन्द्र बजगाई, उत्कृष्ट द्वन्द्व निर्देशकमा ब्याड ब्वायबाट राजुजंग थापा, यस्तै उत्कृष्ट अभिनेतामा मन्दिरा चलचित्रबाट नरेन खड्का, उत्कृष्ट अभिनेत्रीमा लक्ष्मी रानी चलचित्रबाट शुभेक्षा थापा, उत्कृष्ट प्रोडक्सन म्यानेजरमा शंकर बस्नेत, उत्कृष्ट चलचित्र सम्पादकमा आमा चलचित्रबाट दीर्घ खड्का, उत्कृष्ट खलपात्रमा धन्दागिरी चलचित्रबाट दिनेश खड्का, उत्कृष्ट सहअभिनेतामा लक्ष्मी रानीबाट धिरेन शाक्य, उत्कृष्ट नृत्य निर्देशकमा कमल राईले अवार्ड हात पार्नुभएको थियो ।
यस्तै अन्य विधाका अवार्डतर्फ जुरी अवार्डमा महिला मोडल उमादेवी गिरी र जानकी कुँवर, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का र पुरुषोत्तम पराजुली, मेकअपमा नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायकमा सुरज पौडेल र निर्देशकमा कुमार आचार्यले अवार्ड हात पार्नुभयो । यस्तै पपुलर च्वाइस अवार्डमा मिलन नेवार, गीता शाह, भिष्मराज फुलारले अवार्ड हात पार्नुभयो ।
यस्तै राष्ट्रिय व्यक्तित्व कलाकार सम्मानमा वरिष्ठ कलाकार सरोज खनाल र वरिष्ठ गायिकामा मञ्जु थापा सम्मानित हुनुभयो । यस्तै राष्ट्रिय कलाकार सम्मानमा गीतकार डा. डिआर उपाध्याय, खलपात्र तुल्सीप्रसाद श्रेष्ठ, नायक पोष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सिङ मनोज परियार, चलचित्र सम्पादकमा नहकुल खड्का सम्मानित हुनुभयो ।
यस्तै युवा उद्यमीमा नवराज श्रेष्ठ र कार्यक्रम व्यवस्थापक सम्मानतर्फ उत्तमप्रसाद अधिकारीलाई सम्मान गरियो । अवार्डको जुरीमा छायांकार जीवन पराजुली, चलचित्र निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायांकार रविचन्द्र कोइराला र पत्रकार सरोज ओझा रहनुभएको थियो ।




















