युएईले पाँच बर्षे मल्टिपल इन्ट्री टुरिस्ट (पर्यटन) भिसा जारी गर्ने।

युएई (दुबई):= यूएई (दुबई)ले पाँच वर्षे मल्टिपल इन्ट्री टुरिस्ट (पर्यटन) भिसा जारी गरि युएई घुम्न जानेलाई प्रदान गर्ने  भएको छ।

विश्व ब्यापी फैलिएको कोरोना महामारीपछि आफ्नो देशमा पर्यटकको सङ्ख्या बढाउन र यूएईलाई विश्वको मुख्य पर्यटक गन्तव्यको रूपमा स्थापित गर्न भिसा प्रणाली सहज बनाउन लागिएको युएईले जनाएको खबर स्थानीय पत्रीका खालिज टाइम्सले आफ्नो समाचारमा प्रकाशित गरेको छ।

युएई सरकारका अनुसार पाँच वर्षको मल्टिपल टुरिस्ट भिसा अन्तर्गत विदेशी पर्यटकहरू त्यस् अन्तरालमा पटक पटक यूएईमा आवतजावत गर्न सक्नेछन्। त्यसरी पटकपटक आवतजावत गरेपनि पर्यटकले पटक पटक भिसा लगाउने झन्झट भने गर्न पर्ने छैन।

नियम अनुसार घुमघाम गर्नको लागी पाँचबर्षे भिसामा एक पटक युएई जाँदा ९० दिनसम्म बस्न पाइने छ भने थप ९० दिन आफ्नो बसाई लम्ब्याउन पनि सकिन्छ। यो भिसा संसारका सबै देशका नागरिकले पाउने र युएई घुम्न जान पाउने खबर समाचारमा लेखिएको छ। – एजेन्सी