ग्लोबललाई दराज ११ः११ मा छुट।

काठमाडौं:= ग्लोबल आइएमई बैंकका ग्राहकले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत् सामान किन्दा १५ प्रतिशत छुट पाउने भएका छन् ।

छुट योजनाअन्तर्गत ग्राहकले ग्लोबल आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नोभेम्बर महिनाको ११ तारिखमा दराजबाट अनलाइनमार्फत् सामान खरिद गर्दा कुल खरिदको १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा तीन हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने बताइएको छ ।