नुवाकोट:= नेपाली कांग्रेसकी महिला नेत्री ,समाजसेवीका तथा नुवाकोट उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले अनाथ बालकहरुसँग सामुहिक भाइटिका लगाएर भाइ तिहार मनाएकी छिन्।
हिजो शनिबार भाइटीका दिन नुवाकोटको विदुर-२ मा रहेको आमाको माया छात्रवास पुगेर अनाथ बालकहरुसँग भाइटिका लगाएकी हुन् ।
भाइ टीकाको दिन छात्रवासमा बसोबास गरिरहेको बालकहरु लाई आफ्नो दिदीबहिनी रहेको अनुभुती दिनको लागि सामुहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेत्री अमात्यले जानकारी दिनुभयो। चाडपर्व कोहि कसैलाई आफन्तको कमी महसुस नहोस भनेर आश्रममा नै पुगेर सामुहिक भाइटिका लगाएको नेत्री अमात्यले भनुभयो।

अमात्यले परिवारविहिन भएका बालकहरुलाई पारिवाकि मायाको साथै धर्म र संस्कृतिको विषयमा जानकारी दिन समेत सामुहिक भाइटिका आयोजना गरिएको कार्यक्रममा अमात्यकी परिवारका दाजुभाइ तथा दिदि बहिनीहरु समेत सहभागी भएका थिए ।
उनले कोरोना महामारीको समयमा जिल्लाको त्रिशुली अस्पताल लगायत विभिन्न स्वास्थ संस्थालाई स्वास्थ्य सामग्री तथा जिल्लाको विभिन्न स्थानका जनतालाई लत्ताकपडा तथा खाद्यान्न सहयोग गरेकी थिईन। उनी गत स्थानीय चुनावमा विदुर नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट उप-मेयरकि उम्मेदवार रहेकी थिईन।




















