एजेन्सी := बलिउड कलाकारको विलासी जीवन कसलाई मन पर्दैन र ? तर तिनीहरूले यस विलासिताको लागि ठूलो मूल्य पनि तिर्छन् । माधुरी दीक्षितले पनि उत्कृष्ट स्थानमा अपार्टमेन्ट बनाउन लाखौं रुपैयाँ खर्च गर्छिन् । एक रिपोर्टका अनु सार माधुरी दीक्षितले मुम्बईमा एउटा अपार्टमेन्टका लागि प्रति महिना १२।५ लाख भारतीय रुपैयाँ तिर्छिन् ।
माधुरीको घर २९ औं तलामा छ :
एक वेवसाइटमा उपलब्ध माधुरीको यो अपार्टमेन्टको कागजातमा भाडा र अपार्टमेन्ट विवरण दिइएको छ। यी कागजातका अनुसार माधुरी दीक्षितले यो अपार्टमेन्ट ३ वर्षको लागि भाडामा लिएकी थिइन्। यो अपार्टमेन्ट क्ष्इन्डियाबुल्स ब्लूमा अवस्थित छ। माधुरीको २९ औं तल्लामा रहेको अपार्टमेन्ट ५५०० स्क्वायर फिटमा फैलिएको छ । यो प्रत्येक वर्ष ५ प्रतिशत एस्केलेसन क्लजको साथ आउँछ।
माधुरीले ३ करोड जम्मा गरिन् :
यो अपार्टमेन्टका लागि माधुरीले ३ करोड रुपैयाँ जम्मा गरेकी छिन् । यस सम्पत्ती अन्तर्गत उनीसँग पाँचवटा कभर कार पार्कहरू छन् । घर भाडा सम्झौता २६ अक्टोबर २०२१ मा दर्ता भएको छ । स्थानीय दलालहरूले यस भव्य ग्लास फ्याडेड भवनमा लगभग ३०० अपार्टमेन्टहरू रहेको बताएका छन् ।
यसमा, सबै प्रकारका २ बिएचके, ३ बिएचके र ४ बिएचके घरहरू उपलब्ध छन्। तिनीहरूको मूल्य साढे ४ करोड देखि १३ करोड सम्म छ। केही सूचनाहरूका अनुसार इन्डियाबुल्स ब्लू टावर बी एन्ड सीको १० फ्लोर राणा कपूरको थियो। तिनीहरू ५००० देखि ६००० वर्ग फिटमा फैलिएका छन्। प्रति वर्ग फिट आवासीय इकाईको लागत ७० हजार रुपैयाँ छ।




















