सिटिजन्सको १६ प्रतिशत लाभांश पारित।

काठमाडौं:= सिटिजन्स बैंक इन्टरनेसनलको १५ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीको अध्यक्षतामा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारणसभाले गत आर्थिक वर्ष २०७७÷०७८ को  मुनाफाबाट १६ प्रतिशत लाभांश ९१२.९१३ प्रतिशतका दरले हुन आउने एक अर्ब ६२ करोड चार लाख ५० हजार आठ सय ९१ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने र ३.०८७ प्रतिशतका दरले हुन आउने २८ करोड ८२ लाख ५६ हजार आठ सय सात रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

साथै साधारणसभाले सर्वसाधारणतर्फबाट प्रकाशचन्द्र मैनाली  र विजयध्वज कार्कीलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ । बोनस सेयर वितरणपछि  बैंककोे चुक्ता पुँजी १४ अर्ब २० करोड पुग्नेछ ।

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७८/०७९ को पहिलो त्रैमासिकसम्ममा करिब एक खर्ब ४६ अर्ब निक्षेप संकलन गरेको छ भने एक खर्ब ३३ अर्ब ऋण प्रवाह गरेको छ । सोही अवधिमा ६९ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ ।