बलिउड अभिनेता अनुपमले पशुपतिमा भेटिएकी बालिकाको पढाइ गरिदिने।

काठमाडौं:= पशुपतिनाथ मन्दिरमा भेटिएकी एक बालिकाको पढाइको जिम्मा बलिउड अभिनेता अनुपम खेरले लिने बताउनुभएको छ ।

आरती नाम गरेकी ती बालिकालाई हिन्दी चलचित्र ‘उचाइ’ छायांकनका लागि नेपाल आएको बेला गतसाता पशुपतिनाथ मन्दिर परिसरमा भेट्नु भएको थियो । मंगलबार एक ट्वीट गर्दै अनुपमले भारतको राजस्थान घर बताउँदै आरतीले आफूसँग पैसा मागेको र राम्रो अंग्रेजी बोल्ने क्षमता भएको भन्दै प्रशंसा गर्नुभएको छ ।

ती बालिकाले आफू स्कुल जान चाहेको, तर पैसा नभएको बताएको अनुपमले उल्लेख गर्नुभएको छ । बालिकाको पढाइको सम्पूर्ण जिम्मेवारी आफूले लिने उहाँले जनाउनु भएको छ ।