एजेन्सी := साउथ फिल्मका अभिनेता ४६ वर्षीय पुनित कुमारको गत शुक्रबार निधन भएको छ। पुनित कुमारको २९ अक्टोबर हृदयघातका कारण निधन भएको हो।
पुनितकुमारको निधन भएपछि ३ जना फ्यानको मृत्यु भएको छ। उनको समाचार सुनेर मृत्यु हुनेमा एक कर्नाटक चामराजनगरका ३० बर्षका मुनियप्पा, बेलगाबी जिल्लाका एक फ्यान रहेका छन्। दुबैको हृदयघातका कारण निधन भएको हो।
बेलगामी जिल्लाका अर्का एक फ्यानले पनि आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। पुनितको अन्तिम फिल्म ‘सुवारत्थना’ रहेको थियो। पुनित कुमारको परिवारमा पत्नी अश्विनी र दुई छोरी छन्।




















