प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको आन्दोलन।

काठमाडौ:= प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले आजदेखि आन्दोलन शुरु गरेको छ । आज पहिलो दिन बारले हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेको हो ।

बारबाट कालोपट्टी बाँधेर निस्केका वकिलहरु सर्वोच्च अदालत परिसरमा जम्मा हुनु भएको छ । जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिनु भएको कानून व्यवसायीहरुले आफूहरुको आन्दोलन न्यायालयविरुद्ध नभएको बताउनु भेको छ। रहरले नभइ बाध्यताले प्रदर्शन गर्नु परेको उहाँहरुको भनाइ छ ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उहाँको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गरेको छ ।

नेपाल बार परिसरमै कानून व्यवसायीको अर्को एउटा समूहले भने हातमा सेतो पट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन गरेको छ । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटालगायत वकिलहरूको नेतृत्वमा कालो पट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको हो ।