एजेन्सी यांगुन:= म्यान्मारका विद्यालयहरू अर्को महिनादेखि खुल्ने भएका छन् । म्यान्मार सरकारले कोभिड–१९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालय बन्द गरेको थियो ।
कोभिडको महामारी केही घट्दै गएपछि सुरक्षा मापदण्डहरू अपनाएर विद्यालय खोल्ने तयारी सरकारले गरेको हो । अधिकारीहरूले म्यान्मारका सबै निजी तथा सरकारी विद्यालयहरू र बौद्ध शिक्षा दिइरहेका बौद्ध गुम्बाहरू र अरू शिक्षण संस्था पनि खुला गरिने जानकारी दिएका छन् ।




















