सिंगापुरले नेपालमाथि लगाएको यात्रा प्रतिबन्ध हटायो।

एजेन्सी := सिंगापुरले कोरोना माहामारीको संक्रमणको कारण नेपालसहित पाँच अन्य दक्षिण एसियाली देशहरुलाई लगाएको आफ्नो यात्रा प्रतिबन्ध सूचीबाट हटाउने घोषणा गरेको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयका अनुसार नेपालसहित, भारत, बंगलादेश, म्यानमार, पाकिस्तान र श्रीलंकाका १४ दिनको यात्रा इतिहास भएका सबै यात्रीहरुले बुधबारदेखि सिंगापुर व्रवेशको अनुमति पाउनेछन् ।

यद्यपि यी देशका यात्रीहरुलाई सबैभन्दा कडा सीमा सुरक्षा उपाय अन्तर्गत राखिनेछ । यी शर्तहरुमध्ये १९ दिनसम्म घरमा बस्नुपर्ने शर्त पनि छ । मनत्रालयले बयानमा आफूले यसअघि यात्रा प्रतिबन्ध लगाइएका ६ दक्षिण एसियाली देशहरुमा कोभिड १९ को स्थितिको समीक्षा गरेको भनेको छ ।

समाचार एजेन्सी पीटीआइका अनुसार भर्चुअल प्रेस कन्फ्रेन्सलाई सम्बोधन गर्दै सिंगापुरका स्वास्थ्य मन्त्री ओंग कुंगले भनेका छन् ‘यी देशहरुमा स्थिति केही समयको लागि स्थिर भएको छ ।’