एजेन्सी := एएफसी यू- २३ एसियन कप छनोट प्रतियोगिताअघि तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँगको खेल हारेको छ।
ताजकिस्तानमा भएको मैत्रीपूर्ण खेलमा नेपालको यू- २३ टोली इण्डोनेसियाको यू- २३ टोलीसँग २-० गोल अन्तरले हारेको हो।पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुवातमा गोल खायो । ५५ औँ मिनेटमा इन्डोनेसियाले गोल गर्याे । त्यस्तै खेलको इन्जुरी समयमा इन्डोनेसियाले थप १ गाेल गरेका थिए।
२३ वर्षमुनिको एएफसी एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग आउँदो सोमवार खेल्दैछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग विहीबार खेल्ने छ भने अन्तिम खेलमा लेबनानसँग आउँदो १४ गते खेल्नेछ।




















