प्रधानसेनापतिद्वारा दज्र्यानी चिहृन प्रदान।

काठमाडौं:= नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति हुनुभएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले बुधबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उपरथी दर्जाको दज्र्यानी चिहृन प्रदान गर्नुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बाबुराम श्रेष्ठ मध्य कमाण्ड हे.क्वा.को कमाण्ड सेनापतिमा नियुक्ति हुनुभएको छ । उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यसैबीच प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानसेनापति शर्मा र राजदूत डिप्रेजबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।

प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले विश्वास लिएको जनाएको छ ।