एजेन्सी := भारतीय अभिनेता शाहरुख खान जे’लमा रहेका आफ्ना छोरा आर्यनलाई विहिवार पहिलो पटक भेट्न गए । यस अघि उनले सातामा दुई पटक भिडियो मार्फत छोरासंग कुरा गर्ने गरेका थिए । बुधवारको सुनुवाई पछि आर्यन लाई परिवारका सदस्यसंग भेट गर्न दिने अनुमती पाएपछि शाहरुख विहिवार छोरा भेट्न पुगेका थिए ।
यता छोरा भेटेर आफ्नो निवास मन्नत फर्किएका शाहरुखलाई अर्को ठूलो सम’स्या परेको छ । शाहरुखको मुम्बइस्थित निवासमा ना र्कोटि क्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले छापा मा’रेका छन्। शाहरुखका छोरालाई ड्रगको घटनामा प’क्रा उ गरेर हिरा सतमा राखेको १६ दिनपछि उनको घरमा छा’पा परेको हो ।
टाइम्स अफ इन्डियाका अनुसार शाहरुखको निवास ‘मन्नत’मा एनसीबीका अधिकारीहरु देखिएका थिए । उनीहरुले घर भित्रको तलासी लिएको, नलिएको बारे भने समाचारमा खुलाएको छैन। यद्यपि, उनीहरुले करिब एक घन्टा शाहरुखको निवास क्षेत्रमा बिताएका थिए । यसैगरी अभिनेत्री अनन्या पाण्डेको मुम्बइमा नै रहेको घरमा पनि एनसीबीका अधिकारीहरु पुगेका छन् ।




















