क्वालालम्पुर (मलेसिया):= मलेसियामा कोरोना भाईरस (कोभिड-१९) को संक्रमणको कारण निधन भएका भक्त बहादुर योङहाङको मलेशियामै अन्त्यष्टी सम्पन्न गरिएको छ।
किराँत याक्थुङ चुम्लुङ मलेसियाका सह- कोष अध्यक्ष समेत रहेका योङहाङको पार्थिब शरीर लाई परिवारको सहमतिमै मलेसियामै अन्तिम दाहसंस्कार सम्पन्न गरिएको हो।
योङहानगको २६ दिन अघि मलेसियाको जोहोर बारुमा कोरोना भाइरस संक्रमित भइ आइसोलेसनमै रहेको अवस्थामा मृत्यु भएको थियो। माई नगरपालिका वडा नम्बर-६ साबिक महमाई पलासे निवासि भक्त बहादुर योङहाङ मलेशियामा करिब १५ बर्ष यता ब्यापार, ब्यावसाय गर्दै आएका थिए।
भने निधन पश्चात् आइतबार दिउँसो १२:३० बजे सेलांगर राज्यको पुचोङ स्थित समाधी स्थलमा कि.या.चु मलेसियाको सक्रियतामा उनको अन्तिम दाहसंस्कार गरिएको छ।




















