साफ उपविजेता नेपाली फुटबल खेलाडीहरुलाई देउवा सरकारले जनही ५-५ लाख दिने।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५-५ लाख रुपैयाँ दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका हुन।

नेपाली टिम माल्दिभ्समा भएको साफ च्याम्पियनसिप खेलेर सोमबार स्वदेश फर्किएको थियो।  शनिबार भएको साफको फाइनलमा भारतसँग ३-० ले पराजित हुँदा नेपाल उपविजेतामा सीमित हुन परेको थियो।

यसअघि साफको फाइनलमा पुग्न नसकेको नेपालले यसपटकको साफमा फाइनल पुगेर इतिहास बनाएको थियो। तर उपाधि जितेर अर्को इतिहास बनाउन भने नेपाल चुक्यो।