काठमाडौं := साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल टोली आज काठमाडौं आइपुगेको छ। नेपाली फुटबल टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका पदाधिकारीले स्वागत गरेका छन्। मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले केही दिनपछि मात्रै नेपाल फर्कने/नफर्कने विषयमा निर्णय गर्ने बताएका छन् ।
फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्ने सपना चकनाचुर भएको थियो।





















