जेलमा हजारौं कैदीहरुसँग बस्छन् आर्यन खान, कुनै विशेष छुट छ?

एजेन्सी := मुम्बई क्रूज मुद्दामा शाहरुख खान र गौरी खानका छोरा आर्यन खान अहिले आर्थर रोड जे’लमा छन् । अहिले खान परिवार छोराका लागि निकै चि’न्तित छ । शनिबार शाहरुख र गौरीले छोरा आर्यसँग भिडियो कलमा कुरा गरे ।

बलिउडका सुपरस्टारका छोरा भए पनि आर्यनलाई विशेष सुविधा दिइएको छैन । आर्यनलाई अरु कै’दीहरु सरह नै राखिएको छ। नवभारत टाइम्सका अनुसार, को’भिड–१९ संक्रमणलाई मध्यनजर गर्दै उनलाई ५ दिन क्वारिन्टिनमा राखियो। त्यसपछि अरु ५ कै’दी हरुसँगै कमन ब्यारेकमा सिफ्ट गरिएको छ । अर्थर रोडमा अहिले ३२ हजार कै’दी छन् ।

को’रो ना महामारीका कारण परिवारहरु जे’लमा गएर भेट्न पाउँदैनन् । यसको साटो उनीहरुले हप्ताको दुई पटक त्यो पनि १० मिनेट मात्रै कुरा गर्न पाउँछन् । खानेकुरा पनि आर्यनले अरु कै’दीहरुले खाने त्यही क्यान्टिन बाट खान्छन् । खानका लागि भनेर ११ अक्टोबरमा शाहरुखले ४५ हजार रुपैयाँ मनी अर्डर पठाएका थिए । अरु आम कै’दीहरुले जस्तै विहान ६ बजे उठ्छन् र ७ बजे चिया दिइन्छ ।