मलेसियामा दशैँको फुलपातीकै दिन रक्सी सेवनले लियो धिरज राईको ज्यान।

क्वालालम्पुर (मलेसिया):= मलेशियामा दशैँको फुलपातिकै दिन एक नेपाली कामदारको ज्यान गएको छ। राजधानी क्वालालम्पुर क्षेत्रको मुन्टकिरा स्थित कोरियन बिबिक्यु रेस्टुरेन्टमा कार्यरत धिरज राईको मृत्यु भएको हो।

संखुवासभा निबासी राई २७ बर्षे राई लामो समय देखि उक्त रेस्टुरेन्टमा कार्यरत रहदै आएका थिए भने नेपालिहरुको चाडपर्व बडा दशैँको अवसरमा फुलपाती मान्न आफ्नो दाजुको कोठामा गएका थिए।

फुलपातिको अघिल्लो दिन दाजुको कोठामा खानपिन र मदिरा (रक्सी) सेवन गरि राती सवै सुतेका बेला नशाकै तालमा उनिहरु बस्ने कन्डोमिनियमको माथिल्लो तलाबाट हाम फालेर प्राण त्यागेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यो घट्ना बारे मृतककै दाजु लाई बुझ्न सम्पर्क गर्दा फोन उठेन।

दशैँको मौकामा अत्यधिक मदिरा सेवन गरि होस गुमाएकोले कन्डोमिनियमको तलाबाट खसेर उनको मृत्यु भएको हुन सक्ने साथिहरुले बताएका छ्न। यद्यपि यो समाचार तयार पार्दा सम्म राईको के कारण मृत्यु भयो भन्ने आधिकारिक पुष्टि भएको थिएन। पोस्टमार्टम रिपोर्ट आएपश्चात् थप बिवरण आउनेछ्न।