रोजगारीका लागि इजरायल जाने नेपालीहरूको सूची सार्वजनिक।

काठमाडौं:= देशिक रोजगार विभागले इजरायल जाने कामदारका रूपमा छनौट भएका नेपालीहरूको सूची सार्वजनिक गरेको छ ।

विभागले सोमवार सार्वजनिक गरेको सूचना अनुसार १,१७५ नेपाली कामदार छनौट सूचीमा परेका छन् । छनौट गरिएका कुल नेपालीमध्ये झन्डै ७० प्रतिशत अर्थात्‌ ८२१ महिला छन् भने ३५४ जना पुरुष छन् ।

इजरायलको जनसङ्ख्या तथा आप्रवासनसम्बन्धी निकायले ती उम्मेदवारको छनौट गरेको विभागले जनाएको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाइने सहायक कामदार छनोट गर्न विभागले असोज १६ गते १,६०० जना नेपालीको सूची पठाएको थियो । तीममध्ये १,१७५ जनालाई गोलाप्रथाबाट छनौट गरिएको हो ।