एजेन्सी := युईएफए नेसन्स लिग फुटबल खेलको उपाधि फ्रान्सले जितेको छ। आइतबार राति इटालीको सान सिरोमा भएको खेलमा फ्रान्सले स्पेनलाई २-१ गोलले हराएको हो।
फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमा नायक रहे। स्पेनको लागि माइकल ओयर्जबालले १ गोल गरे ।खेलमा अग्रता भने स्पेनले बनायो । कप्तान सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरे।
खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधी दिलाए । यसअघि भएको पहिलो खेलमा बेल्जियमलाई २-१ गोल अन्तरले पराजित गर्दै इटालीले तेस्रो स्थान हासिल गर्याे।




















