आज मिति २०७८ साल असोज २४ गते आईतवार आश्विन शुक्ल (दुर्गा) पक्ष : चौथी तिथि सूर्याेदय ६ः१, सूर्यास्त १७ः ३८ ।
मेष : नयाँ नयाँ ठाउँको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
वृष : धार्मिक कार्यमा विशेष रुचि बढ्नेछ ।
मिथुन : साथी भाईको सहयोगले काम सफल हुन सक्छ ।
कर्कट : व्यापार व्यवसायमा राम्रै आम्दानी हुन सक्छ ।
सिंह : इष्ट कार्यबाट सफलता प्राप्त हुन सक्छ ।
कन्या : अतिथिको आगमन हुँदा मन खुशी हुने छ ।
तुला : नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ ।
वृश्चिक : शत्रुपक्ष बलियो हुँदा मित्रजनबाट सहयोग प्राप्त गर्न कठिन हुनेछ ।
धनु ; लक्ष्मीका कृपाले धन लाभ हुन सक्ने छ ।
मकर : मान सम्मान पाउँदा मन हर्षित हुने छ ।
कुम्भ : अध्ययन अध्यापनका क्षेत्रमा खासै रुचि नहोला ।
मीन : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।




















