सत्य घटनामा आधारित सिरिज क्राइम फाइल्सको प्रायोजकमा नेपाल लाइफ।

काठमाडौं:= आपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एन्ड इन्भेस्टिगेसन सिरिज क्राइम फाइल्स आगामी कात्तिकदेखि कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपालभित्रै घटेका विभिन्न आपराधिक घटनाको नाट्य रूपान्तरण क्राइम फाइल्समार्फत् प्रस्तुत गरिने बताइएको छ ।

नेपाल प्रहरीले सुल्झाएका धेरै आपराधिक घटनामध्ये न्यायका दृष्टिकोणबाट हेर्दा महत्वपूर्ण र अनुसन्धानको दायराबाट जटिल कथा समेटेर क्राइम फाइल्स निर्माण गरिएको हो । उक्त कार्यक्रमले जनतालाई थप सजग र सतर्क बनाउने विश्वास क्राइम फाइल्स टोलीले लिएको छ ।

कार्यक्रमको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ भने सह-प्रायोजकमा सगरमाथा सिमेन्ट र दिव्य कुकिङ आयल रहेका छन् । कार्यक्रम एड प्याड र रोमा प्रोडक्सनले निर्माण गरेका हुन् भने कार्यक्रमको मेकिङ टि-फोल्क्स् प्रोडक्सनले गरेको हो । क्राइम फाइल्सको बजार व्यवस्थापन एड रिलिजले गर्नेछ र होस्ट सुरज गिरीले गर्ने बताइएको छ ।