अमेरिकी डिभी चिट्ठा खुल्यो, कहिलेसम्म छ आवेदन दिने समय?

एजेन्सी:= अमेरिकाले सन् २०२३ को लागि डाइभर्सिटी भिसा (डिभी) चिठ्ठा भर्न आवेदन खुला गरेको छ। हिजो बुधबारदेखिनै खुला गरिएको डिभी आगामी कार्तिक २३ गतेसम्म आवेदन दिन सकिने अमेरिकी दूतावासले जनाइएको छ।

आवेदन दिनका लागि पासपोर्ट नम्बर, पासपोर्ट म्याद र इमेल, तस्वीर र व्यक्तिगत विवरण पेस गर्नु अनिवार्य छ।डिभी चिठ्ठा निःशुल्क रहेको र गत वर्ष आवेदन दिएका मुलुकहरूले फेरि आवेदन दिन सकिने बताइएको छ। स्थायी बसोबास गर्न चाहनेलाई अमेरिकाले संसारभरबाट डिभी चिठ्ठामार्फत छनोट गर्दै आएको छ।

आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र
डिभी लोटरी यस लिङ्कमा क्लिक गरेर वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन्।