काठमाडौं:= एभरेष्ट प्रिमियर लिग (इपिएल) टि-ट्वेन्टी क्रकेट खेलमा आजबाट सुरु हुने प्लेअफका क्वालिफायर खेलमा चितवन टाइगर्स र पोखरा राइनोज प्रतिस्पर्धा गर्नेछन।
लिग चरणमा शिर्ष स्थानमा रहँदै चितवन तथा दोस्रो स्थानमा रहँदै पोखरा क्वालिफायरका लागि छनौट भएका हुन् । यो खेलको विजेता फाइनलमा पुग्नेछ ।
पराजित हुने टोलीले भोलि दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । आजको दोस्रो खेलमा काठमाडौं किङ्स ११ र भैरहवा ग्लाडिएटर्स भिड्नेछन् । विजेताले पहिलो क्वासलफयारमा पराजित हुने टोलीसँग फाईनल प्रवेशको लागि खेल्नेछ । इपिएल क्रिकेटको फाइनल खेल यही शनिवार आयोजना हुनेछ ।




















