फ्रान्सका चर्चहरूमा पादरीहरुद्वारा दुई लाख बढी बालबालिकामाथि यौन दुव्र्यवहार।

पेरिस:= फ्रान्सका चर्चहरूमा दुई लाख बढी बालबालिकामाथि यौन दुव्र्यवहार भएको तथ्य सार्वजनिक भएको छ । फ्रान्सेली क्याथोलिक पादरीहरूले सन् १९५० यता झण्डै दुई लाख १६ हजार बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको हो ।

एक स्वतन्त्र अनुसन्धानले ७० वर्षको अवधिमा सो संख्यामा बालबालिका पादरीहरूबाट यौन दुव्र्यवहारमा परेको तथ्य पत्ता लगाएको हो । चर्चका सामान्य सदस्यहरूले गरेको दुव्र्यवहारको घटनालाई समेत जोड्ने हो भने यो संख्या तीन लाख ३० हजारसम्म पुग्ने अध्ययनको निष्कर्ष छ ।

अनुसन्धान प्रमुख जीन मार्क सौभाले यो तथ्यांक निकै काहलीलाग्दो रहेको बताउनुभएको छ । फ्रेन्च चर्चहरूले अनुसन्धानको निष्कर्ष लज्जास्पद र डरलाग्दो रहेको भन्दै त्यसका लागि माफी मागेका छन् । एक पीडितले अनुसन्धानलाई फ्रान्सको इतिहासको एउटा महत्वपूर्ण मोड भन्दै घटनालाई क्याथोलिक चर्चको मौलिक रूपमा आफ्नो कार्यहरूको पुनःमूल्यांकन गर्ने समय भएको बताएकी छन् ।