एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकले छाडे अफगानिस्तान।

काबुल:= एक सयभन्दा बढी संगीका विद्यार्थी र शिक्षकले अफगानिस्तान छोडेका छन् । तालिवानले देश कब्जा गरेपछि काबुलबाट एक सयभन्दा बढी संगीतका विद्यार्थी र शिक्षकहरूले अफगानिस्तान छाडेका हुन् ।

अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्यहरू सोमबार साँझ दोहा पुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ नेतृत्वबाट गीतसंगीत क्षेत्रमा दमन हुनसक्ने भयले देश छाडेको जनाएका छन। अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भन्नुभयो, ‘ती महिला र केटीहरूमध्ये लगभग आधा महिला र केटीहरू त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।’

काबुलस्थित कतारी दूतावासको सहयोगमा संगीतकारलाई सानो-सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पु¥याइएको थियो । तालिवानी लडाकुहरूले काबुलमा कब्जा जमाएपछि तालिवानीहरूले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए । तालिवानीहरूले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीले भने त्यसको सहज व्यवस्थापन गरिदिएको बताइएको छ ।