एनएमबीको ब्रान्ड एम्बेसडरमा पल शाह।

काठमाडौं:= एनएमबी बैंकले युवा अभिनेता तथा समाजसेवी पल शाहलाई बैंकको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । शाह टेलिभिजनको इडिटिङ, म्युजिक भिडियो हुँदै नेपाली सिनेमा जगत्मा उदीयमान अभिनेता हुनुहुन्छ । बैंकले  शाहसँग द्विपक्षीय सम्झौता गर्दै शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

एनएमबी बैंकको ब्रान्ड एम्बेसडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफूले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता शाहले व्यक्त गर्नुभएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।