काठमाडौं:= प्रभु क्यापिटलले बडादशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलको डबल धमाका अफर सार्वजनिक गरेको छ । ग्राहकलाई लक्षित गर्दै सार्वजनिक गरेको योजना कात्तिक २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत प्रभु क्यापिटलमा ग्राहकले दैनिक एक रुपैयाँमा डिम्याट खाता खोल्न सक्नेछन् । साथै योजना अवधिभरमा खाता खोल्ने ग्राहकले निःशुल्क सेयर बजारसम्बन्धी तालिम पाउनेछन् । प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० जनालाई एक सय ९९ रुपैयाँमा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिने कम्पनीले जनाएको छ ।
दैनिक छनोट भएका १० जना भाग्यशालीलाई कम्पनीले प्रत्येक साताको शनिबार साताभरिबाट छनोट भएका ७० जनालाई सेयर बजारसम्बन्धी आधारभूत तालिम प्रदान गरिने पनि कम्पनीले जनाएको छ । यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताका लागि आवेदन दिनुपर्ने क्यापिटलले जनाएको छ ।
रकम फिर्ता लिन इसेवा, प्रभु पे, आइएमई पेलगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ । योजनाको अन्त्यमा योजना अवधिभरि खुलेका सबै डिम्याटमध्येबाट भाग्यशाली २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क छुट हुने बताइएको छ ।




















