काठमाडौं := युवापुस्तामाझ निकै चर्चित रहेको र्यापर समिर घिसिङ ‘भिटेन’ले ‘रत्नपार्क’ नामक चलचित्रमा अभिनयको लागी साइन गरेका छन् । यो चलचित्रलाई बुढासुब्बा ओर्जिनलले निर्माण गर्दैछ।
चलचित्र ‘रत्नपार्क’ मा अभिनय गर्नका लागि भिटेनले रु. १८ लाख रुपैयाँ लिएको चर्चा बजारमा चलिरहेको छ । निर्मनवराजका अनुसार, बुढासुब्बा ओर्जिनलले ७ वटा चलचित्र बनाउनेछ । जसमा एउटा प्रोजेक्ट ‘रत्नपार्क’ पनि हो।
नेपाली चलचित्रमा विभिन्न गायकहरुकोे आगमन भैरहेकै समयमा भिटेनले पनि ठूलो पर्दामा प्रवेश गर्न लागेका हुन्। रौतहटमा जन्मिएका भिटेन ‘चुरोट’ नामको गीतबाट चर्चामा आएको थिए।





















