ब्राजिलमा राष्ट्रपतिको विरोधमा प्रदर्शन।

ब्राजिल := राष्ट्रपति जैर बोल्सोनारोका कारण महामारी नियन्त्रण हुन नसकेको, भ्रष्टाचार बढेकोलगायत आरोप लगाउँदै ब्राजिलमा हजारौंले विरोध प्रदर्शन गरेका छन् । ब्राजिलको विपक्षी दल र ट्रेड युनियनको संयुक्त आयोजनामा गरिएको प्रदर्शनमा हजारौं नागरिक उपस्थित भएका छन् ।

राष्ट्रपति बोल्सोनारोको लापरबाहीले गर्दा कोरोना भाइरसको संक्रमणबाट ६ लाखभन्दा धेरैको ज्यान गएको उनीहरूको आरोप छ । ब्राजिलको रियो दि जेनेरियोसहितका १६० शहरमा एकैसाथ भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपतिले तत्काल पदत्याग गर्नुपर्ने नारा लगाएको जनाइएको छ ।