NRNA ,जनउद्वार केन्द्र र राजदुतावास क्वालालम्पुर को सहयोगमा पीडित नेपाली स्वदेश फिर्ता।

गैर आवासीय नेपाली संघ मलेसिया जनउद्वार केन्द्र र नेपाली राजदुतावास क्वालालम्पुर मलेसियाको सहयोगमा एकै दिनमा ४ पीडित नेपालीहरु स्वदेश फिर्ता भएका छ्न । विभिन्न कारणले सारारिक रुपमा असक्त भएका पीडित
नेपालीहरुले दिएको निवेदनका आधारमा उनिहरुलाइ सहयोग गरि स्वदेश फिर्ता गराएको हो ।

फिर्ता हुने हरुमा तौलिहवा कपिलवस्तु का राम प्रसाद रैदास ,पिप्ले ७ म्यादीका रमेस बहादुर खत्री ,लाल्बन्दी सर्लाहीका मुकेस पाख्रीन र सल्यान कि सम्झना बुढा रहेका पीडित हरुलाइ लिएर बिमान्स्थल पुगेका राजदुतावास क्वालालम्पुर मलेसियाका जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयो ।

फिर्ता हुने हरु मध्य तौलिहवा कपिलवस्तु का राम प्रसाद रैदास ,पिप्ले ७ म्यादीका रमेस बहादुर खत्री ,लाल्बन्दी सर्लाहीका मुकेस पाख्रीन लाई NRNA मलेसियाको सहयोग तथा पहलमा फर्किएका हुन भने प्यारालाइसिस भएकी सल्यान कि सम्झना बुढा लाई भने रोजगार दाता कम्पनी ,जनउद्वार केन्द्र र राजदुतावास क्वालालम्पुर ले सहयोग गरेर फिर्ता गराउन लागेको जनसम्पर्क अधिकृत टेकबहादुर बुढाले जानकारी दिनुभयो ।