‘पागल प्रेमी-२’ गीतमार्फत निमा रुम्बा नेपाली गीतसंगीत क्षेत्रमा फर्किए(भिडियो सहित)

काठमाडौं := नेपाली गीतसंगीत क्षेत्रमा छुट्टै पहिचान स्थापित गरेका चर्चित गायक निमा रुम्बा लामो समयपछि पुनः संगीत क्षेत्रमा नै फर्किएका छन्। मिस क्याटवाक, हुरी बतास, प्रिति बस्यो, साँझमा पनि, मेरी प्रियसी लगायत चर्चित गीत गाएका रुम्बाले नयाँ गीत पागल प्रेमी -२ (क्रेजी लभर) लिएर आएका हुन्।

यस् म्युजिक भिडियोको गीतमा गायक निमाकै शब्द, संगीत र स्वर रहेको छ। गीतको भिडियोमा ‘अन्डरकभर मिशन’मा रहेका जासुसहरुको कथा समेटिएको छ। अमेरिकामा खिचिएको यो गीतको भिडियोमा निमाकै मुख्य अभिनय रहेको छ। साथै मिस युनिभर्स नेपाल २०२१ अंशिका शर्मा र मिस्टर यूएसए उत्सव सिंहको समेत अभिनय देख्न सकिन्छ।

गायक रुम्बाले आफ्नो गीतको भिडियो हलिउड स्तरमा तयार भएको दाबी गरेका छन्। केहि समयको ‘ग्याप’लाई यो गीतले पुर्णता दिने उनको विश्वास छ। युवा फिल्म्स् र आहा प्रोडक्सनले तयार पारेको भिडियोमा आशिष श्रेष्ठको निर्देशन रहेको छ।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् : 

‘पागल प्रेमी-२ (क्रेजी लभर)’ को भिडियो सार्वजनिक।