काठमाडौं:= क्वालिटी फिल्म्सद्वारा आयोजित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ सम्पन्न भएको छ । काठमाडौंको जमलमा बुधबार बेलुका सम्पन्न अवार्ड समारोहमा संगीतका ४२ विधामा अवार्ड प्रदान गरियो । यस्तै समारोहमा चलचित्रका १४ र फेशनका ६ वटा विधा पनि समावेश गरिएको थियो । २०७६ सालमा घोषणा भएर रोकिएको यो अवार्डमा २०७५ र ०७६ का चलचित्रले भाग लिएका थिए । क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा गीतसंगीतका सबै क्षेत्र समेटिएको थियो ।
चलचित्र विधाअन्तर्गत उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट सुशील श्रेष्ठले र अभिनेत्रीको अवार्ड चलचित्र ड्रिम गर्लबाट आश्मा गिरीले हासिल गर्नुभएको छ । समारोहमा निर्देशकको अवार्ड चलचित्र ड्रिम गर्लबाट ऋषिराज आचार्यले, नव अभिनेताको अवार्ड चलचित्र लभ डायरिजबाट विश्वजित रिमालले र नव अभिनेता भाषाभाषीतर्फको अवार्ड गुरुङ चलचित्र ह्रोसैँ ङ्हो (आफ्नो कर्म), हास्य अभिनेताको अवार्ड चलचित्र पोइ प¥यो कालेबाट गोपाल ढकाल छन्देले र चरित्र अभिनेताको अवार्ड चलचित्र जात्रै जात्राबाट प्रेम पाण्डेले हासिल गर्नुभयो ।
यस्तै खल अभिनेतातर्फ सन् २०१८ को अवार्ड चलचित्र मन्दिराबाट प्रवण भुसालले र २०१९ को अवार्ड चलचित्र ड्रिम गर्लबाट तुलसीप्रसाद श्रेष्ठले, सह अभिनेतातर्फ सन् २०१८ को अवार्ड चलचित्र एकलभ्यबाट विकास चापागाईंले र २०१९ को अवार्ड ररौंतोबाट धिरेन शाक्यले हासिल गर्नुभयो ।
यस्तै सर्वोत्कृष्ट चलचित्र सम्पादनतर्फ सन् २०१८ को अवार्ड चलचित्र ची मुसी चीबाट भुपेन्द्र अधिकारीले र २०१९ को चलचित्र सम्पादक अवार्ड चलचित्र भिलेनबाट शाहिल खानले पाउनुभयो ।
यस्तै फिल्मतर्फ नै सर्वोत्कृष्ट कलरिष्टको अवार्ड चलचित्र यात्राबाट रेनिश फागोले, भिएफएक्स आर्टिष्टको अवार्ड चलचित्र छिरिङबाट अच्युत बजगाईंले, छायाँकारको अवार्ड चलचित्र राम कहानीबाट सौरभ लामाले, चलचित्र संगीतकारको अवार्ड चलचित्र म त मर्छुकी क्याहोको गीत ओ मेरो परानबाट राजेन्द्र बजगाईंले र प्रोडक्सन डिजाइनरको अवार्ड चलचित्र जय शम्भुबाट शंकर बस्नेतले प्राप्त गर्नुभयो ।
नेपाली चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो समयदेखि योगदान पुर्याएको भन्दै चलचित्र निर्देशक कलाकार तुलसी घिमिरेलाई १५ हजार १५ रुपैयाँसहित सो अवार्ड समारोहमा लाइफ टाइम एचिभमेन्ट अवार्डबाट र रंग पत्रकार तुलसी गिरी भावुकलाई ११ हजार १११ रुपैयाँसहित कला पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरियो ।
यस्तै गीतसंगीततर्फ सर्वोत्कृष्ट देउडा गीतकारको अवार्ड हे गाजली गीतबाट डब्बु क्षेत्रीले, संगीतकारको अवार्ड हे गाजली गीतबाट राज सागरले र गायिकाको अवार्ड हे गाजली गीतबाटै सरिता भारतीले जित्नुभयो । राष्ट्रिय गीतको अवार्ड जय गोर्खालीबाट नवराजजंग थापाले, आधुनिक गीततर्फ पपुलर गायकको अवार्ड प्रताप दासले, सर्वोत्कृष्ट गायकको अवार्ड कृष्ण भट्टराईले, जुरी अवार्ड जीवन तामाङले, सर्वोत्कृष्ट गायिकाको अवार्ड मेलिना राईले हासिल गर्नुभयो ।
आधुनिकमै गायिकाको जुरी अवार्ड निरन्तता नेम्वाङले, पब्लिक च्वाइस अवार्ड एञ्जिला गौचनले, सर्वोत्कृष्ट संगीतकारको अवार्ड टीका बम्जनले, वर्षको पपुलर संगीतकारको अवार्ड दीपक शर्माले, जुरी अवार्ड निलम रोजु राईले र नवगायकको अवार्ड सुजन तिगेला लिम्बूले प्राप्त गर्नुभयो । नव गायकको जुरी अवार्ड दीपक गुरुङले पाउनुभयो ।
यस्तै आधुनिक विधामै सर्वोत्कृष्ट गीतकारको अवार्ड हरि उप्रेतीले, जुरी अवार्ड अमृता बान्तवा राईले र इन्करेजमेन्ट अवार्ड इक्साङ चेम्जोङ लिम्बूले प्राप्त गर्नुभयो । आधुनिक गीततर्फ नै म्युजिक भिडियो निर्देशकको अवार्ड कुशल श्रेष्ठले, मोडल अफ द इयरको अवार्ड अभिनेता पल शाहले र सर्वोत्कृष्ट मोडल पुरुषको अवार्ड पूर्णबहादुर थापा (दीपक मैथाने) ले पाउनुभयो । यस्तै महिला मोडलको अवार्ड तिम्रो याद गीतको भिडियोबाट साक्षी लम्सालले, पप आधुनिक गीत महिला मोडलको अवार्ड जिन्दगी अझै गीतबाट तुलसा कटुवालले र महिला मोडल पब्लिक च्वाइस अवार्ड आस्था जोशीले, नव मोडल महिलाको अवार्ड सलिना थापाले, नव मोडल महिला इन्करेजमेन्ट अवार्ड स्मृति लिम्बूले हासिल गर्नुभएको थियो ।
म्युजिक भिडियो कोरियोग्राफीतर्फ आधुनिक गीत म्युजिक भिडियो नृत्य निर्देशकको अवार्ड टिन्याङ सारु राना गुरुङले, लोकदोहोरीतर्फ नृत्य निर्देशकको अवार्ड असारे मास गीतबाट सुवास बुढाथोकीले प्राप्त गर्नुभयो ।
यस्तै लोकदोहोरी विधातर्फ रचनाकारको अवार्ड नेत्र अर्यालले, सर्वोत्कृष्ट भाकाको अवार्ड श्रीकृष्ण बम मल्लले, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायकको अवार्ड झुम्के बुलाकीबाट अलिफ खानले, गायकको जुरी अवार्ड विक्रम परियारले, सर्वोत्कृष्ट लोकदोहोरी गीत गायिकाको अवार्ड निर्मला थापामगरले, पपुलर लोकदोहोरी गायिकाको अवार्ड बिमाकुमारी दुराले र लोकदोहोरी नव गायकको अवार्ड निकेश तामाङले, नव गायिकाको अवार्ड एलिना गुरुङले, लोकदोहोरी गीत सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड काजिस श्रेष्ठले, भिडियो निर्देशक जुरी अवार्ड सागर केरुङले, भिडियो नव निर्देशकको अवार्ड ललित केसीले, लोकदोहोरी भिडियो मोडल जोडीको अवार्ड शिशिर पौडेल/सारिका केसीले, पुरुष मोडलको अवार्ड धु्रव हिमालीले, पुरुष मोडलतर्फ जुरी अवार्ड शंकर कँडेलले, महिला मोडलको अवार्ड सगुन शाहीले, सर्वोत्कृष्ट लोकगीतको अवार्ड चेपेको दोभानबाट पृथ्वी गुरुङले प्राप्त गर्नुभएको छ ।
पप विधामा सर्वोत्कृष्ट नव गायकको अवार्ड आयो तिम्रै राजाबाट गणेश थापाले, नव गायक जुरी अवार्ड सुजन तामाङले, पप आधुनिक गीत सर्वोत्कृष्ट गायिकाको अवार्ड मुलको पानी गीतबाट भावना आचार्यले, जुरी अवार्ड तृप्ति खड्काले हासिल गर्नुभयो । यस्तै सर्वोत्कृष्ट बालकलाकार (मोडल) को अवार्ड लोकेशले, इन्करेजमेन्ट अवार्ड प्रतीक पौडेलले, पब्लिक च्वाइस अवार्ड एसेप्ट तिगेला लिम्बूले पाउनुभयो ।
यस्तै सर्वोत्कृष्ट भिडियो सम्पादकको अवार्ड आयो तिम्रो राजाबाट सुरेशकुमार राउतले, जुरी अवार्ड वीरेन्द्र भाट विपिनले, सर्वोत्कृष्ट छायाँकारको अवार्ड नदिया सललबाट शम्भु चालिसेले प्राप्त गर्नुभयो ।
यस्तै संगीत संयोजनतर्फ सर्वोत्कृष्ट अवार्ड बलिन थापामगरले, जुरी अवार्ड तेजेन्द्र गुरुङले, इन्करेजमेन्ट अवार्ड विशाल योञ्जनले हासिल गर्नुभएको थियो । सोही अवार्ड समारोहमा सर्वोत्कृष्ट ध्वनि मिश्रणको अवार्ड विस्तारै विस्तारै गीतबाट मनोज परियारले र ध्वनि मिश्रण जुरी अवार्ड मानबहादुर बरालले हासिल गर्नुभयो ।
समारोहमा पूर्वेली लोकजुहारी गीतको अवार्ड गायिकातर्फ हिमाल राम्रो गीतबाट झुमी लिम्बूले र गायकको अवार्ड सुसन लिम्बूले, यही विधामा डायस्पोरा अवार्ड अभय ढुंगेल र राजशुक्र लिम्बूले प्राप्त गर्नुभयो ।
भेग विशेष गीततर्फ सर्वोत्कृष्ट गुरुङ गीत गायकको अवार्ड ङोल्स्यो कोपिलाबाट तेजेन्द्र गुरुङले, गायिकाको अवार्ड छनु गुरुङले, कौडा गीत गायकको अवार्ड चिजकुमार गुरुङले, कौडा गीत गायक जुरी अवार्ड अम्बर तुम्बापाले, कौडा गीत गायिकाको अवार्ड तारा शिरिष मगरले, कौडा गीत गायिकाको अवार्ड तारा शिरिष मगरले, पर्व गीत गीतकारको अवार्ड जित सागर रावतले, पर्व गीत गायकको अवार्ड बाटुली गीतबाट ज्ञानेन्द्र शाहीले, पर्व गीत गायक जुरी अवार्ड मानसिंह खड्काले, जुरी अवार्ड योगेश पानले, मोडल पुरुषतर्फको अवार्ड आनन्द गुरुङ र मोडल पुरुष जुरी अवार्ड दीपेन्द्र गुरुङले, भेग विशेष गीत संगीतकारको अवार्ड जुनी सरी गीतबाट गणेश गुरुङले, जुरी अवार्ड दयाराम गुरुङले, तामाङ गीत सर्वोत्कृष्ट गायकको अवार्ड धिरज गोलले, मौलिक सेलो गीत गायकको अवार्ड पर्से तामाङले प्राप्त गर्नुभयो ।
यस्तै डायस्पोरातर्फ तीज गीत गायिकाको अवार्ड कल्पना देवकोटाले, लोक गायकको अवार्ड विरही कार्कीले, लोकभाकाको अवार्ड डा. शिव सुवेदीले, भिडियो निर्देशकको अवार्ड शान्ताकुमार राईले, चरित्र अभिनेताको अवार्ड मनिष श्रेष्ठले, मोडल पुरुषको अवार्ड सन्तोष राईले, नव गीतकार आधुनिकतर्फको अवार्ड पूर्णबहादुर थापा (दीपक मैथाने) ले, तीज गीत भाका संकलकको डायस्पोरा अवार्ड लक्ष्मण पौडेलले, तीज गीत गीतकारको अवार्ड ज्योति गुरुङले, लोकजुहारी गीतकारको अवार्ड सुजन सीरेङ चोम्वाङले, आधुनिक गीतकारको अवार्ड अमृता बान्तवा राईले, लोकगीत मोडल पुरुषको अवार्ड मिनबहादुर तामाङले र डायस्पोराकै तीज गीत गायकको अवार्ड जीवन तामाङले हासिल गर्नुभयो ।
सोही कार्यक्रममा फेशनतर्फको अवार्ड पनि प्रदान गरिएको थियो । जसमा बेष्ट पेजेन्ट कोरियोग्राफर अफ द इयरको अवार्ड अश्विनीकान्त झाले, बेष्ट इभेन्ट म्यानेजरको अवार्ड बालकृष्ण पोखरेलले, बेष्ट ब्युटी पेजेन्ट मोडलको अवार्ड मोडल सनी लिम्बूले, पेजेन्ट डिरेक्टर अफ दी इयर महिलाको अवार्ड प्रतिमा कार्कीले, फेशन डिजाइनर अफ दी इयरको अवार्ड ममता गुप्ता दारुकाले र बेष्ट पेजेन्ट डिरेक्टर अफ दी इयर पुरुषको अवार्ड निशुकान्त झाले प्राप्त गर्नुभएको थियो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्वप्रधान सेनापति राजेन्द्र क्षेत्री, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतका अतिथिले कार्यक्रममा अवार्ड प्रदान गर्नुभएको थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, संगीतकार कस्तुप पन्त, डिका गुरुङ, गीतकार ज्ञानबहादुर लामा, शिवराज पौडेल, नारायण कँडेल, नारायण शर्मा, दयाराम घिमिरे, चलचित्र पत्रकार विष्णु सुवेदीलगायत सम्बन्धित विधाबाट सम्मानित हुनुभएको थियो ।
कोरोनाका कारण सुस्ताएको नेपाली गीतसंगीत चलचित्र तथा फेशन बजारलाई चलायमान बनाउन र कलाकार प्राविधिकलाई प्रोत्साहन गर्न आफूहरूले यो अवार्ड तथा सम्मान कार्यक्रम आयोजना गरेको क्वालिटी फिल्मस्का अध्यक्ष उमेश गुरुङले कार्यक्रममा बताउनुभएको थियो । साथै आगामी वर्षमा पनि यस अवार्डको अन्य संस्करणलाई पनि सभ्य र भव्य तरिकाले आयोजना गरिने जानकारी दिनुभयो ।
सम्मानले थप जिम्मेवार बनाएको छ : गीतकार पाण्डेय
अवार्ड समारोहबाट राष्ट्रिय संगीतकर्मी सम्मान २०७८ बाट सम्मानित हुनुभएका गीतकार दयाराम पाण्डेयले आफ्नो कर्मको सही मूल्यांकन भएकोमा खुशी व्यक्त गर्नुभएको थियो । नेपाली चलचित्रमा धेरै गीत लेखेर आफ्नो आधिपत्य जमाउन सफल गीतकारका रूपमा रहनुभएका पाण्डेयले यस्ता अवार्ड तथा सम्मानले आफूलाई थप जिम्मेवार बनाउने बताउनुभयो ।
‘मैले पाएका यस किसिमका अवार्ड र सम्मानले मलाई अझै जिम्मेवार बनाएको छ,’ उहाँले भन्नुभयो, ‘म अझै राम्रा र स्तरीय गीत श्रोताहरूलाई दिँदै जानेछु ।’ समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गीतकार पाण्डेयलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अध्यक्ष तिमिल्सिनाले गीतकार पाण्डेयका धेरै गीतहरू आफूले सुनेको स्मरण गर्नुभयो ।
स्मरण रहोस्, गीतकार पाण्डेयले यसै वर्ष सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट नेफ्टा विशेष सम्मान, निवर्तमान उपराष्ट्रपतिको हातबाट राष्ट्रिय संगीतकर्मी सम्मान, हिरो अवार्ड २०२१ लगायत विभिन्न अवार्ड र सर्वोत्कृष्ट गीतकारको सम्मान ग्रहण गरिसक्नुभएको छ ।
हामी जस्तालाई ऊर्जा मिल्छ : मोडल लम्साल
समारोहमा तिम्रो याद गीतको भिडियोबाट महिला मोडलको अवार्ड उचाल्नुभएकी साक्षी लम्सालले आफूजस्ता नवकलाकारले पाउने यस्ता अवार्डले ऊर्जा मिल्ने बताउनुभयो । साक्षीले काम गर्दै जाँदा गीतसंगीतसँग सम्बन्धित विभिन्न संस्थाले दिएका सम्मानले अझ काममा निखारता ल्याउनमा ठूलो भूमिका खेल्ने बताउनुभयो ।
‘काम गर्दै जाँदा स्याबासी र राम्रो गर्दै जानु भनेर दिइएको अवार्ड जस्तो लाग्छ, यस्ता किसिमका अवार्डले आगामी दिनमा काम गर्न थप ऊर्जा मिल्छ,’ साक्षीले हिमालय टाइम्ससँग कुरा गर्दै भन्नुभयो, ‘आगामी दिनमा अझ राम्रो गर्नुपर्छ भन्ने भाव आएको छु, खुशी छु ।’ मोडल साक्षीले यसअघि पनि केही अवार्ड हात पारिसक्नुभएको छ । केही समयअघिमात्रै रिबन इन्टरटेनमेन्टले एक समारोहका बीच साक्षीलाई चलचित्रकर्मी सम्मान प्रदान गरेको थियो । साक्षीले नेपाली म्युजिक भिडियोको क्षेत्रमा दर्जन बढी भिडियोमा मोडलिङ गरिसक्नुभएको छ ।


















