सुनीलको कपिल शर्माको सोबाट दैनिक १२ लाख कमाई हुन्थ्यो।

मुम्बई:= भारतीय टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’मा दर्शकले निकै रुचाएका कलाकार सुनिल ग्रोवरले दैनिक १२ लाखसम्मको कमाई गर्ने गरेको बताइएको छ ।

सुनिल कार्यक्रममा डाक्टर मसुर गुलाठी र गुथ्थी पात्रको रूपमा उपस्थित हुनुहुन्थ्यो । दुवै पात्र सामाजिक सञ्जालमा भाइरल थियो । यति अभिनय गरेबापत सुनीलले कार्यक्रमबाट महिनामा ३५ लाख बढी कमाई गर्नुहुन्थ्यो । भारतमा यति रकमले उहालाई हरेक दिन नयाँ गाडी किन्न पुग्थ्यो । सुनीलले ‘द कपिल शर्मा सो’ छाडेपछि पनि उहाँलाई टेलिभिजन र बलिउड फिल्मबाट थुप्रै अफरहरू आएको थियो ।

उहाँ सलमान र कट्रिनासँगै ‘भारत’ फिल्ममा देखिनुभएको थियो । त्यसलगतै उहाले सैफअलि खानसँग ‘ताण्डव’ फिल्ममा अभिनय गर्नुभयो । केही समयअघि सुनीलको मुख्य अभिनयम भारतीय सिरिज ‘सनफ्लावर’ रिलिज भएको थियो । यो सिरिजबाट पनि उहाँले निकै प्रशंसा पाउनुभएको थियो ।