जितिया पर्वका निर्जल बर्तालु थारु महिलाहरु सरकार सम्म, थारु माग मुद्दाहरुप्रती हुइप जारी गर्ने।

[ कुलदिप चौधरी] 

इटहरी := := प्राचीन जाती थारु समुदाय रास्ट्रको उथल पुथल र बारम बार देशको नियम कानुन अदल बदल हुदा पनि उनीहरुको माग मुद्दा अधुरै रहेकोले यस पालीको जितिया थारु महिला सभाले फरक ढंगले मनाएका छन।

इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा थारु महिला सभाकि जि अध्यक्ष शुशिला लेखिले कोभीडका कारण कार्यक्रमलाई बृहत् न बनाइ निर्जल जितिया व्रत बसि हामी थारु महला सभा सरकारलाई हुइप जारी गराउने जानकारी गराएका छिन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ सभा सदस्य माननीय नवोदिता चौधरीले बास्तवमा हाम्रो थारु समुदाय अरु समुदाय र जातिको तुलनामा पछाडि परेकोले हामी मुनि बाटै मजबुत बन्नु पर्ने जोड दिनु भएको छ । स्थानिय सरकार र प्रदेश सरकार सम्म थारु कला संस्कृति संरक्षण र सम्बर्द्धन गर्न आफू हर्पल तयारी रहने वाचा गर्नु भयो।

यसैगरि थारु कानुनी सभाका केन्द्रिय अध्यक्ष राम राज चौधरीले नेपालमा थारु जातिको जन सख्या चौथो अस्थानमा रहेता पनि थारु जातिलाइ सरकारले भेदभाव गरेको औल्याउँनु भयो। थारु माग मुद्दा अझ ओझेलमा रहेको र थारु बाहुल्य क्षेत्रमा थारु भाषा लाई अफिसियल बोलचालको भाषा न राखेको गुनासो गर्नु भएको छ ।

यसैगरी ग्राम थान अध्यक्ष तेज ना. चौधरीले देशमा सातौ उकृसट संविधान संशोधिन भएर आएतापनि थारु जाती उकसिन न सकनु आपती जनाउनु भएको छ । बहु भाषिक बहुजातीहरुको कला संस्कृति संरक्षण र सम्बर्द्धन गर्नु पर्ने दायित्व सरकारको हुनु पर्ने हो कि न हुनु पर्ने हो जोड दिनु भएको छ ।

कार्यक्रममा थारु संघ सस्था, थारु पत्रकार , थारु बुधिजिबीहरु लगायत विभिन्न संचारकर्मीहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा बिधिवत जितमहानको मुर्तीमा पुजाआजागरि समुदधाटन प्रमुख अतिथि बाट भएको थियो। कार्यक्रममा जितिया कथा वाचन पुस्तिकाको बिमोचन भएको थियो।

जितिया बर्तालुले जितमहानको कथा सुने पछी मात्र व्रत सफल रहने धार्मिक बिश्वास रहेको छ । कठाेर बर्त जितियाको व्रत बस्नाले परिवारमा सुख शान्ती, सम्वृद्धि र दिर्घायुको कामनाहुने सत्य लुकेको छ । कार्यक्रममा बर्तालु थारु महिला सभाकी दिदी बहिनिहरुलाई एक आपसले शुभकामना अर्दान प्रदान गरेको थियो।