पाकिस्तान देशको संस्थापक अली जिन्नाको शालिक बम पड्काएर उडाइयो।

काराची := पाकिस्तान देशको संस्थापक नेता मोहम्मद अली जिन्नाको शालिक बम पड्काएर उडाइएको छ ।

पाकिस्तानको बलुचिस्तान प्रान्तको तटीय शहर ग्वादरमा रहेको जिन्नाको शालिक बलुच रिपब्लिकन आर्मीले बम पड्काएर उडाइदिएको हो । प्रतिबन्धित रिपब्लिकन आर्मीका प्रवक्ता बागबर बलुचले बम विष्फोटको जिम्मेवारी ट्वीटरमार्फत लिएका छन् ।