‘मिस नेपाल युएस २०२१’को उपाधि प्रतीक्षा शुक्लालाई।

काठमाडौं:= ‘मिस नेपाल युएस २०२१’को उपाधि प्रतीक्षा शुक्लाले जित्नुभएको छ । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित प्रतियोगीताको अन्तिम प्रतिस्पर्धामा उहाँ १० प्रतियोगीलाई पछि पार्दै विजेता घोषित हुनुभएको हो ।

प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप विजेता अलिशा लिम्बू हुनुभयो । सम्पन्न प्रतियोगिता ‘मिस नेपाल युएस’को १०औं संस्करण हो । जसमा अमेरिकाको विभिन्न राज्यबाट प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताको शीर्ष दश स्थानमा अपेक्षा सिंह गुरुङ परियार, कला न्यौपाने, प्रतीक्षा शुक्ला, प्रतिशा प्रधान, प्रीतिजा जैसी, रिया श्रेष्ठ, सुनिता अधिकारी, सान्यमिता श्रेष्ठ, सोन्याषा थापा तथा अलिशा लिम्बू पुग्नुभएको थियो ।

न्यूयोर्कको क्विन्स थेटर (नाट्यकला)मा आयोजना भएको कार्यक्रममा सहभागी अगाडि प्रतियोगिको कोभिड-१९ परीक्षण गरिएको थियो । प्रतियोगिता २०११ मा न्यूयोर्क शहरबाट अमित शाहले सुरु गर्नुभएको थियो । पहिलो मिस नेपाल युएसको उपाधि सुजिता बस्नेतले जित्नुभएको थियो ।